हाम्रो कार्यक्रम

“ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजको शुभकामना आदनप्रदान तथा वृहत् सांस्कृतिक ल्होछार महोत्सव कार्यक्रम सम्पन्न”

08 Feb, 2020

ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजद्वारा २०७६ माघ २५ गते शनिबार काठमाडौंमा मन्जुश्री सम्बत २८५६, सोनाम ल्होछार जिवा÷नम्युङ ल्हो (मुसा वर्ग) को शुभ अवसरमा शुभकामना आदानप्रदान तथा “बृहत ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रम” प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङको प्रमुख आतित्थ्यतामा भब्य रूपमा सम्पन्न भएको छ ।


कार्यक्रममा विशेष अतिथिहरुमा प्रदेश साम्सदहरु पशुपति चौलागाईं, विशाल खड्का, हिमाली गोले लगायत नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ, अन्तर्रा्ष्ट्रिय तामाङ परिषदको सचिब रबिन तामाङको उपस्थिति रहेको थियो भने अतिथिहरुमा समाजको सल्लाहकारहरु धर्मेन्द्र मोक्तान, रमेशकुमार पाख्रीन, प्रताप लामाको साथै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर, नेपाल तामाङ विद्यार्थी घेदुङको अध्यक्ष दिनेश लो तामाङ, ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुबेदी, दोलखाली समाजसेवी तथा नेता कुयाङ लामा, बसन्तराज कार्की, जिल्ला समन्वय सदस्य बिदुर शर्मालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । उहाँहरुले ल्होछारको शुभकामना आदानप्रदान गर्नुभएको थियो ।


औपचारिक कार्यक्रमको सभापतित्व ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको अध्यक्ष सरोज मोहन लामाले गर्नुभएको थियो भने संचालन समाजका महासचिव छेवाङ तेन्जिङ लामा र सचिब मीन बहादुर तामाङले गर्नुभएको थियो ।


प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले ल्होछारलाई घर घरमा माने पश्चात् तामाङ जातले मात्रै होईन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु बीचमा जम्मा भइ सामुहिक रूपमा कार्यक्रम गरेरै मान्ने चलन एकदम सहि भएको बताए । उहाँले नेपालीहरुको राष्ट्रिय पहिचान ऐतिहासिक पर्व सोनाम ल्होछारलाई सामाजिक सद्भाव फैलाउने र अन्तर्रा्ष्ट्रिय रूपमा चिनाउने कार्य संघ संस्थाले गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सोनाम ल्होछारको शुभकामना समेत सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपालीहरुलाई दिनुभयो । कार्यक्रममा बिशिस्ट अतिथी पशुपति चौलागाईं, घेदुङका उपाध्यक्ष कुमार घिसिङ, समाजका सल्लाहकार धर्मेन्द्र मोक्तान, बसन्तराज कार्की, बिदुर शर्मा, खुम सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

स्वागत मन्तब्य संस्थाको बरिष्ठ उपाध्यक्ष रामकृष्ण लो तामाङले दिनुभएको थियो भने धन्यावाद मन्तब्य कार्यक्रम संयोजक तथा संस्थाको उपाध्यक्ष प्रेम बहादुर पाख्रिन तामाङले दिनुभएको थियो । 


कार्यक्रममा तामाङ जातिको सांस्कृतिक धरोहर ताम्बाले ऐतिहासिक ईतिहासको ब्याख्य सहित ताम्बा गीत प्रस्तुत गरिएको थियो भने बोन्बोले सांङसेर्गेम सहित बोन्बो नाचसंगै झाकी प्रदर्शन गरिएको थियो । त्यस्तैगरी लामाले मोलमा पाठ गरिएको थियो ।


कार्यक्रममा दोलखा जिल्लामा रहेका आदिवासी जनजातिहरु थामी, नेवार, शेर्पा, जिरेल जातिको सांस्कृतिक गीत तथा नृत्य प्रस्तुतीले नौलो तर मनमोहक तरिकाले सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।


तामाङ डम्फू र टुङ्नाको धुनसंगै बासुरिको आवाजले साथमा तामाङ सेलो गीत र नृत्य अनि विभिन्न किसिमका गीत र नृत्यले ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको कार्यक्रम थप उल्लासमय र रमाइलो बाताबरणमा भएको थियो । कलाकारहरुको लर्को र ताती अनि भिडले कतै अतिथि कलाकारको नाम लिन समेत कार्यक्रम संचालकलाई हम्मेहम्मे देखिन्थ्यो । आयोजकको तर्फबाट अध्यक्षले सम्झाई रहेको देखिन्थ्यो ।


समाजको अध्यक्ष सरोज मोहन लामाले कार्यक्रमलाई भब्य र सब्य बनाउन उपस्तिथि हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु, अतिथी कलाकारहरु, जिल्लाका सबै कलाकारहरु, पत्रकारहरु, समाजसेवी, बुद्धिजीवी, राजनीतिकज्ञ, सबैलाई हृदयदेखि नै हार्दिक धन्यावाद दिनुभएको थियो ।


उहाँले कार्यक्रमलाई विभिन्न बाधा आरोह अबरोह विचमा पनि सफल पार्न दिनरात सक्रिय पूर्वक खटिनु हुने र आर्थिक भौतिक नैतिक सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमितिका सदस्यहरु, सल्लाकारज्यूहरु, प्रायोजकहरु, मिडिया पाटनरहरुलाई धन्यवाद दिदै सोनाम ल्होछारलाई प्रबर्द्धनको नाममा खाली मनोरञ्जनलाई मात्रै महत्त्व नदिई बौद्धिक, बैचारिक खुराक पस्किने कार्यक्रमको रूपमा पनि बिकास गर्दै लैजानु पर्ने धारण राख्नुभएको थियो । उहाँले ल्होछारमा उपस्थिति हुने महानुभावहरु विभिन्न ईच्छाले उपस्थिति हुनेहुँदा गीत संगित नृत्यलाई पनि समाबेश गर्नुपर्ने तर सबैभन्दा महत्त्वपूर्ण कुरा बुद्धि बिबेक र ज्ञानगुणको कुरालाई धेरै भन्दा धेरै पस्किनुपर्ने मत जहेर गर्नुभयो ।


अन्तमा कार्यक्रमा केही प्राबिधिक त्रुटि भएको खण्डमा आयोजकको तर्फबाट सबैमा क्षेमायाचना सहित अगामी दिनहरुमा सुधार्ने बाचा समेत दिनुभएर औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो । 


कार्यक्रम दुई सेसनमा भएको थियो । दोस्रो सेसन अनौपचारिक सांस्कृतिक कार्यक्रमको संचालन भने सन्ध्या सुस्केरा मोक्तान र छेवाङ तिन्जिङ लामाले गर्नुभएको थियो ।


केहि लेख