ह्याङला तामाङ समाजका कार्यक्रमहरु

08 Feb

“ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजको शुभकामना आदनप्रदान तथा वृहत् सांस्कृतिक ल्होछार महोत्सव कार्यक्रम सम्पन्न”

ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजद्वारा २०७६ माघ २५ गते शनिबार काठमाडौंमा मन्जुश्री सम्बत २८५६, सोनाम ल्होछार जिवा÷नम्युङ ल्हो (मुसा वर्ग) को शुभ अवसरमा शुभकामना आदानप्रदान तथा “बृहत ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रम” प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङको प्रमुख आतित्थ्यतामा भब्य रूपमा सम्पन्न भएको छ ।


कार्यक्रममा विशेष अतिथिहरुमा प्रदेश साम्सदहरु पशुपति चौलागाईं, विशाल खड्का, हिमाली गोले लगायत नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ, अन्तर्रा्ष्ट्रिय तामाङ परिषदको सचिब रबिन तामाङको उपस्थिति रहेको थियो भने अतिथिहरुमा समाजको सल्लाहकारहरु धर्मेन्द्र मोक्तान, रमेशकुमार पाख्रीन, प्रताप लामाको साथै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर, नेपाल तामाङ विद्यार्थी घेदुङको अध्यक्ष दिनेश लो तामाङ, ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुबेदी, दोलखाली समाजसेवी तथा नेता कुयाङ लामा, बसन्तराज कार्की, जिल्ला समन्वय सदस्य बिदुर शर्मालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । उहाँहरुले ल्होछारको शुभकामना आदानप्रदान गर्नुभएको थियो ।


औपचारिक कार्यक्रमको सभापतित्व ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको अध्यक्ष सरोज मोहन लामाले गर्नुभएको थियो भने संचालन समाजका महासचिव छेवाङ तेन्जिङ लामा र सचिब मीन बहादुर तामाङले गर्नुभएको थियो ।


प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले ल्होछारलाई घर घरमा माने पश्चात् तामाङ जातले मात्रै होईन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु बीचमा जम्मा भइ सामुहिक रूपमा कार्यक्रम गरेरै मान्ने चलन एकदम सहि …

Read More